काठमाडौँ । विहीबार नेपाली बजारमा सुन प्रतितोला ५ हजार १०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका विवरण अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ७०० रुपैयाँ कायम गरिएको छ। यसअघि हिजो बुधबार सुन प्रतितोला २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि आज गिरावट देखिएको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ९० रुपैयाँले घटेर ४ हजार ६५० रुपैयाँ कायम भएको छ।


