काठमाडौं । साताको पहिलो कारोबार दिन आज (सोमबार) सेयर बजार मापक सूचक नेप्से २०.२७ अंकले घटेको छ ।
आज चार अर्ब आठ करोड ४८ लाख ९६ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ । ९२ लाख ३६ हजार ६७७ कित्ता सेयर ५६ हजार ८४५ पटकमा खरिद–बिक्री भएको हो ।
बजार घट्दा ४३ कम्पनीको सेयर मूल्य बढेको छ । २११ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
कालिञ्चोक हाइड्रो, क्रेस्ट माइक्रोलाइफ, सोपान फर्माटिकल्स, सामुदायिक लघुवित्त, सिभिल बैंकलगायत कम्पनीले आज धेरै कमाएका छन् ।


