काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ११ हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
आज चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेर प्रतितोला पाँच हजार ४०५ रुपैयाँमा किनबेच भइरहेको हो ।


