काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लगानीकर्ताको प्रोत्साहन र अर्थतन्त्र सुधारको उद्देश्यले जोखिम उठाएको बताएका छन् ।
उनले आज नेपाल उद्योग परिसंघको २३औँ वार्षिक उत्सवको अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो धारणा ब्यक्त गरेक हुन् ।
उनले भने, ‘पञ्चवर्षीय बजेटको पहिलो किस्ताको रूपमा यस वर्षको बजेट आएको छ। पाँच/सात वर्षमा अर्थतन्त्रको आकार उपभोक्ता मूल्यमा १०० अर्ब डलरको बनाउने लक्ष्य राखेका छौँ। त्यो लक्ष्य हासिल हुने गरी बजेट बनाइएको छ।’


