काठमाडौं । आज नेपाली बजारमा सुन तोलामा ६ सयले बढेको छ ।
आज सुन प्रतितोला २ लाख ८७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गत शुक्रबार मूल्यमा व्यापक गिरावट आउँदा सुनको भाउ २ लाख ८६ हजार सातसय रुपैयाँमा झरेको थियो।


