काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्र सुधारको जग बसाल्नेगरि सरकारले बजेट ल्याएको बताएका छन् ।
मन्त्री वाग्लेले आज नेपाल चेम्बर अफ कमर्शले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो धारणा ब्यक्त गरेका हुन् । उनले वर्तमान सरकारको दोस्रो र तेस्रो वर्ष सुधारहरूलाई अझै तीव्र पार्ने उल्लेख गरे ।
चौथो र पाँचौँ वर्षको बजेटलाई सुधार मार्फत नभई आर्थिक राजकाजको जहाज मोड्दै गन्तव्यमा पुग्ने उनले बताए । उनले वर्तमान सरकारले आगामी पाँच वर्ष मुलुकको आर्थिक क्षेत्रमा रूपान्तरण गरेपछि बिस्तारै परिणामहरू आउने र जनताले त्यसको महसुस गर्न सक्ने धारणा राखे ।
निजी क्षेत्रलाई उत्साहित नगरी अर्थतन्त्र अगाडि नसक्ने भन्दै मन्त्री वाग्लेले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न कर तथा नीतिगत सुधारका कार्यक्रम अघि सारेको स्पष्ट पारे।


