काठमाडौँ । नेपाली बजारमा आज बुधबार सुनको मूल्य स्थिर रहेको छ ।
आज छापावाल सुन प्रतितोला ३ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।
आज चाँदी भने ५ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो प्रतितोला ५ हजार ४ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।


