काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।
आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला ४ हजार ४७५ रुपैयाँ रहेको चाँदीको मूल्य सोमबार १०० रुपैयाँले घटेर प्रतितोला ४ हजार ३७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।


