काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले मुलुकको आर्थिक रुपान्तरण र संरचनागत सुधारका लागि ‘नीतिगत आत्मविश्वास’ अनिवार्य रहेको बताएका छन् । उनले आज सिंहदरबारमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँगको छलफलमा यस्तो बताएका हुन् ।
चालु आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनको सन्दर्भमा उद्योगी, वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गरिसकेका अर्थमन्त्री वाग्लेले राष्ट्र बैंकका अधिकारीहरूसँग अर्थतन्त्र सुधारमा राष्ट्र बैंकको भूमिकाको विषयमा छलफल गरेका हुन्।
उनले सरकारको सोच, प्राथमिकता र कार्यसम्पादन एउटै दिशामा उन्मुख हुनुपर्नेमा जोड दिए । विगत एक दशकको आर्थिक समीक्षा गर्दै अर्थमन्त्रीले नीतिगत निर्णयहरू भए पनि कार्यान्वयनको चरणमा अपेक्षित परिणाम आउन नसक्नुका कारण खोज्नुपर्ने बताए । छलफलका क्रममा अर्थमन्त्रीले राष्ट्र बैंकसँग विभिन्न नीतिगत पहलका लागि सुझाव समेत मागेका छन् ।


