काठमाडौं । सुनको मूल्य आज पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सोमबारका लागि तोकेको मूल्य अनुसार सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ८०० रुपैयाँ कायम भएको हो ।
गएको शुक्रबार तोलामा ४ हजार ६ सय रुपैयाँ घटेको सुनको भाउ हिजो र आज गरेर ५ हजार २ सय रुपैयाँ बढेको हो।
त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा ६० रुपैयाँ बढेर चाँदीको भाउ आज ४ हजार ७ सय ७० रुपैयाँमा पुगेको महासंघले जनाएको छ।


