काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले संघ सरकार मातहत कार्यरत सबै कर्मचारीहरूलाई अब हरेक १५(१५ दिनमा तलब तथा भत्ता दिन सबै कार्यालयलाई परिपत्र गरको छ ।
महालेखाले परिपत्र जारी गर्दै अर्घमासिक रूपमा तलब भत्ता भुक्तानी गर्ने व्यवस्था मिलाउन मातहतका सबै कार्यालयहरूलाई निर्देशन दिएको हो। अर्थ मन्त्रालयको नीतिगत मार्गदर्शन र बजेट वक्तव्यको व्यवस्था अनुसार यो नयाँ प्रणाली लागू गर्न लागिएको कार्यालयले जनाएको छ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार संघीय सरकार अन्तर्गतका निकायमा कार्यरत कर्मचारीहरूलाई हरेक महिनाको १५ दिन व्यतित भएपछि अर्धमासिक रूपमा तलब भत्ता भुक्तानी गरिनेछ।


