काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ।
आज सुन प्रतितोला ३ सय रुपैयाँले बढेर २ लाख ८३ हजार ५ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी आज चाँदीको भाउ भने घटेको छ। चाँदीको भाउ आज तोलामा ४० रुपैयाँ घटेर ३ हजार ९ सय ३० रुपैयाँमा झरेको महासंघले जनाएको छ।
