काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले ‘स्टडी इन नेपाल अभियान’ सुरु गरेको छ । यसबारेमा जानकारी गराउन राजधानीमा पत्रकार सम्मेलन गर्दै नेपाललाई शैक्षिक हवको रुपमा विकास गर्न यस्तो अभियान सुरु गरेको बताएका हो ।
पहिलो चरणमा ५० जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिएर यो अभियानको सुरुवात गरेको छ । इक्यानले सफ्टएड ग्रुपसँगको सहकार्यमा दुई जना विद्यार्थीलाई पुरा र बाँकी ४८ जना विद्यार्थीलाई आंशीक छात्रवृत्ति प्रदान गर्नेगरी सम्झौता गरेको छ । इक्यान र सफ्टेड ग्रुप अन्तर्गतको सनवे कलेजबीच सम्झौता भएको हो ।
मंगलबार आयोजित एक कार्यक्रमबीच इक्यान अध्यक्ष शेषराज भट्टराई र सफ्टेड ग्रुपका अध्यक्ष विज्ञान श्रेष्ठसहित सफ्टेड ग्रुपका डाइरेक्टर प्रमोद पौडेल, सनवे कलेजका हेड अफ अपरेसन सिमोली गौतम देशइ, इक्यानका महासचिव दीपकराज भुसाल र कार्यसमिति सदस्य उमा खड्काले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
इक्यानको स्टडी इन नेपाल अभियान अन्तर्गत सामाजिक उत्तरदायित्व विभागको संयोजनमा ५० जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न सफ्टेड ग्रुपसँग सहकार्य गरिएको इक्यान अध्यक्ष भट्टराईले बताए ।


