काठमाडौं । नेपालस्थित एसआइं युकेले एजुकेसन फेयर गर्ने भएको छ । यसबारेमा जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो । उसले केन्द्रीय कार्यालय काठमाडौँमा फेब्रुअरी ३ तारीक, ५ तारिक पोखरामा ,७ तारिक बुटवलमा ९ तारिकमा फेयर गर्न लागेको हो । उक्त फेयरमा बेलायतका ख्यातिप्राप्त विश्वविद्यालयका प्रतिनिधिहरुको उपस्थिति हुने आयोजकले बताएको छ ।
एसआइ युकेले नेपाली विद्यार्थीहरुलाई बेलायत अध्ययन सम्बन्धी जानाकारी दिन र बेलायतको विश्वविद्यालयहरुको शैक्षिक वाताबरण, विद्यार्थीहरुको क्षामता अभिबृती, शैक्षिक स्तर, फी स्टक्चर, बेलायतको नियम कानुन सम्बन्धि जानाकारी सहित बेलायतका टप ३५ विश्वविद्यालयका प्रतिनिधिहरुको उपस्थितिमा विद्यार्थीहरुले सिधा कुरा गरेर आफ्नो डाउट मेटाउन सकुन् भन्ने उदेश्य ले फेयर आयोजना गर्न लागिएको एसआइ युकेका डाइरेक्टर विनय अधिकारीले पत्रकार सम्मेलन मार्फत बताए।


