काठमाडौं। तीन जना सहसचिव सचिव बढुवाका लागि सिफारिस भएका छन् । बढुवा समितिको बैठकले सहसचिवहरु भूपाल बराल, डण्डुराज घिमिरे र डा. खगेन्द्रप्रसाद सुवेदीलाई सिफारिस गरेको हो ।
बराल अहिले वन तथा वातावरण मन्त्रालयमा र घिमिरे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कार्यरत छन्। यसैगरी अर्का सहसचिव सुवेदी लोक सेवा आयोगमा छन् ।
सिफारिस भएकामध्ये १ जनालाई आगामी मन्त्रिपरिषद्को बैठकले सचिवमा बढुवा गर्ने निर्णय गर्नेछ। महालेखा नियन्त्रक गणेशप्रसाद पाण्डेको अवकाशसँगै एक सचिव पद रिक्त छ ।


