काठमाडौं । विशेष अदालतले पतञ्जली जग्गा भ्रष्टाचार प्रकरणमा पूर्व भूमिसुधार सचिव छविराज पन्त ५ लाख धरौटीमा छोड्न आदेश दिएको छ ।
मंगलबार विशेष अदालतका न्यायाधीश तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो आदेश दिएको हो ।
पन्तसहित पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गत जेठ २२ मा ९३ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । २०६६ माघ १८ मा मन्त्रिपरिषद् बैठकले ८१५ रोपनी जग्गा हदबन्दी छुटमा खरिद गर्न पतञ्जलीलाई स्वीकृति दिएको थियो । उक्त निर्णय विरुद्ध अख्तियार अदालत गएको हो ।


