काठमाडौं । अध्यागमन विभागले आधिकारिक कागजात बोकेर भिजिट भिसामा जानेहरूलाई अबदेखि नरोक्ने भएको छ। विभागले आइतबार पत्रकार सम्मेलन गरेर यस्तो बताएको हो ।
नक्कली कागजात बोकेको शंकाकै भरमा यात्रुलाई फर्काउने गरिएकोमा अबदेखि त्यस्तो नगरिने विभागका महानिर्देशक रामचन्द्र तिवारीले बताए।
एजेन्टहरूले सेटिङमा ‘भिजिट भिसा’मा धेरै नेपालीलाई विदेश पठाउने गरेको बाहिरिएपछि अध्यागमन विभागले यस्तो निर्णय गरेको हो ।
अनुमान, शंका र भौतिक हैसियतको तजबिजी मूल्यांकनको आधारमा आफ्नै नागरिकहरूलाई विभेदपूर्ण व्यवहार गर्नुहुँदैन भन्ने कुरामा प्रष्ट रहेको अध्यागमन विभागले जनाएको छ ।


