काठमाडौं । ११ वटा निर्माण कम्पनी कालोसूचीमा परेका छन् । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले उनीहरुलाई कालोसूचीमा राखेको हो ।
कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो।
कालोसूचीमा राखिएका कम्पनीहरुमा विशाल होम निर्माण सेवा उदयपुर, जलेश्वरी महादेव यासवि कन्स्ट्रक्सन बूढानीलकण्ठ काठमाडौँ, सगुन फेब्रिक्स प्राइभेट लिमिटेड मोरङ, शुभ आरएस बिल्डर्स सप्लायर्स बाँके, नविन निर्माण सेवा अछाम, जेएमसी कन्स्ट्रक्सन प्रालि सुर्खेत र काश्यप निर्माण सेवा एण्ड सप्लायर्स काठमाडौँ छन् ।
यसैगरी ग्यालेक्सी कन्स्ट्रक्सन एण्ड सप्लायर्स कम्पनी प्रालि काठमाडौँ, जालपा निर्माण सेवा एण्ड सप्लायर्स काठमाडौँ, मष्टा भवानी निर्माण सेवा डोल्पा र शहीद निर्माण सेवा अर्घाखाँची रहेका छन् ।
जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१)बमोजिम कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ।



