काठमाडौं । सहरी विकास मन्त्री प्रकाशमान सिंहले कर्मचारीको भावना समेटेर छिट्टै संघीय निजामती सेवा विद्येयक संसदबाट पारित हुने बताएका छन् ।
२२ औं निजामती सेवा दिवस मूल समारोहको प्रमुख अतिति रहेका सिंहले संघीय निजामती सेवासम्बन्धी विधेयकलाई संघीय संसद्बाट यथाशक्य छिटो पारित गराई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन । तहगत प्रशासनिक अन्तरसम्बन्धलाई बलियो बनाउँदै प्रशासनिक संघीयतालाई सुदृढ तुल्याउन कोशेढुङ्गाका रूपमा अपेक्षा गरिएको संघीय निजामती सेवासम्बन्धी विधेयकलाई संघीय संसद्बाट यथाशक्य छिटो पारित गराई कार्यान्वयन गराउनेतर्फ सरकार प्रतिबद्ध रहेको छ ।’
उपप्रधानमन्त्री सिंहले शासन व्यवस्थाको मेरुदण्डका रूपमा रहेको निजामती सेवा राष्ट्र निर्माणको एक अभिन्न अङ्ग हो, विकास, सुशासन र सेवा प्रवाहलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने दायित्व पनि निजामती सेवाकै काँधमा रहेको’ बताए ।
उनले कर्मचारीहरू सेवाग्राहीलाई केन्द्रमा राखेर सरल, छरितो र परिणाममुखी सेवा प्रवाह गर्न प्रतिबद्ध हुनुपर्ने बताए ।


