काठमाडौं । अन्ततः सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पदबाट हटाएको छ ।
जेनजी आन्दोलनको कारण नयाँ सरकार बनेसँगै प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ ऊर्जामन्त्री बनेपछि शाक्यलाई हटाउने आँकलन गरिएको थियो । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई हटाएर मनोज सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको अर्थमन्त्री रामेश्वर खनालले बताए ।
शाक्यलाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीको विशेषज्ञ पदमा नियुक्त गर्ने र रिक्त रहेको प्राधिकरणको कार्यकारी निर्देशक पदमा प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक इन्जिनियर सिलवाललाई नियुक्त गर्ने निर्णय गरिएको मन्त्री खनालले बताए ।


