काठमाडौँ । आज सेयर बजार उच्च अंकले बढेको छ । आज नेप्से ४७.५५ अंकले बढेर २६३३.४२ विन्दुमा बन्द भएको छ ।
समग्रमा बजार बढेसँगै पाँच अर्ब ५३ करोड १३ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।
मिड सोलु हाइड्रोपावर, जोशी हाइड्रोपावर, अपर स्याङ्गे, रुरु जलविद्युत् परियोजना, मल्टी पर्पस फाइनान्स कम्पनीका सेयरधनीले सर्वाधिक कमाएका छन् ।
त्यसैगरी युनियन हाइड्रोपावर, मञ्जुश्री फाइनान्स, सिनर्जी पावर डेभलपमेन्ट, एसवाई प्यानल नेपाल र शिवम् सिमेन्टको सर्वाधिक सेयर कारोबार भएको छ ।


