काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला ९०० रुपैयाँले घटेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले बढेर प्रतितोला चार हजार ८८५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।


