काठमाडौं । सरकारले खाडी देशमा भइरहेको पछिल्लो घटनाक्रम हेरेर ती देशका लागि श्रम स्वीकृति रोकेको छ।
वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै साउदी अरेबिया, यूएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनन, टर्की र इजरायलका लागि प्रदान गरिने व्यक्तिगत र संस्थागत श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगन गरेको हो।
१७ गते श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट यो कदम चालेको विभागले जनाएको छ।


