काठमाडौं । नेपाल आयल निगमले भारतबाट नियमित रुपमा एलपी ग्यास आइरहेकोले कुनै समस्या नरहेको प्रष्ट पारेको छ ।
निगमले आज पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो । निगमका प्रवक्ता मनोजकुमार ठाकुरले अहिलेसम्म माग अनुसार नै भारतबाट ग्यास आपूर्ति भइरहेकाले आपूर्तिमा कुनै समस्या नरहेको जानकारी दिए ।
अभाव हुने हल्लाका कारण अनावश्यक रुपमा ग्यासको सञ्चिति बढाएका कारण अहिले बजारमा ग्यास अभावजस्तो देखिएको उनले बताए । उनले अहिले बजारमा देखिएको कृत्रिम अभावलाई समाधान गर्दै ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाउन आधा ग्यास सिलिन्डर बिक्रिबितरण गर्न सुरु गरिएको बताए ।


