काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपर्यटन सचिव केदारबहादुर अधिकारीसहित २१ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको उक्त आयोजनामा परामर्शदाता नियुक्ति प्रक्रियामा मिलेमतो, बदनियत र कानुनविपरीत काम गरी सार्वजनिक सम्पत्तिमा ठूलो हानिनोक्सानी पुर्याइएको ठहर गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।
पोखरा क्षेत्रीय विमानस्थल निर्माणमा अनियमितता भएको आरोपसहित तत्कालीन पर्यटन सचिव केदारबहादुर अधिकारीसहित २१ जना व्यक्ति र २ वटा कम्पनी सहितलाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर भएको हो ।
यो मुद्दामा अधिकारीसहित, नागरिक उड्ययन प्राधिकरणका पूर्वमहानिर्देशकहरू सञ्जीव गौतम, राजन पोखरेल, प्रदीप अधिकारी लगायत उच्च पदस्थ अधिकारीहरू तथा परामर्शदाता कम्पनी ईआरएमसीरए(नटरस्लेट जेभी र ठेकेदार चाइना सीम्याक इन्जिनियरिङ कम्पनी लिमिटेलाई समेत प्रतिवादी बनाइएको छ।


