काठमाडौं । हिजो मात्रै पद तथा गोपनियताको सपथ लिएका प्रधानमन्त्री बालेन्द्र शाहले सानो आकारको सचिवालय गठन गरेका छन् । उनको प्रमुख सल्लाहकारमा कुमार बेनलाई नियुक्त गरेका छन् । प्रधानमन्त्री शाहको मुख्य स्वकीय सचिवमा सुवाश शर्मा नियुक्त भएका छन् ।
यसैगरी प्रधानमन्त्रीको निजी सचिवको जिम्मेवारी भने सहसचिव प्रदीप परियारले पाएका छन्। परियारले काठमाडौं महानगरपालिकामा बालेनसँगै काम गरेका थिए ।
यसैगरी असिम शाह राजनीतिक सल्लाहकारमा नियुक्त भएका छन् भने प्रशासन प्रमुखमा सुदिप ढकाल, सूचना, सञ्चार तथा प्रविधि संयोजकमा विवेक मिश्र नियुक्त भएका छन् ।


