काठमाडौं । प्रतिनिधिसभाका नवनियुक्त सचिव प्रकाश अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
उनलाई आज संसद् सचिवालयमा आयोजित एक कार्यक्रममा सभामुख अर्यालले शपथ गराएका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्यालको सिफारिसमा श्री अधिकारीलाई बुधबार प्रतिनिधिसभाको सचिवमा नियुक्त गरेका हुन्। सचिव अधिकारीले आजैदेखि कार्यभार पनि सम्हालेका छन् ।


