काठमाडौँ । आज (शुक्रबार) नेपाली बजारमा सुनको मूल्यमा प्रतितोला पाँच हजार ३०० रुपैयाँले बढेको छ ।
आज सुन प्रतितोला दुई लाख ९२ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।
यता, चाँदीको मूल्य तोलामा १९० रुपैयाँले बढेर प्रतितोला चार हजार ८४० रुपैयाँमा किनबेच भइरहेको हो ।


