थपिए ८८८ कोरोना संक्रमित १ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ८८८ जनामा कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ७३७ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।
यही अवधिमा थप ४७४ जना सङ्क्रमणमुक्त भएका छन् । हाल देशभर ५ हजार ३८७ जना सक्रिय सङ्क्रमित रहेका छन् । त्यस्तै १ लाख ५० हजार ६४ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् । कोरोना संक्रमणकै कारण आज १ जनाको ज्यान गएको छ ।


