काठमाडौं । अहिले देशमा पश्चिमी वायुको प्रभाव परेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।
हाल प्रदेश १ लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ।
विभागअन्तर्गतको मौसम पूर्वानुमा महाशाखाका अनुसार प्रदेश १ र गण्डकी प्रदेशका पहाडी स्थानमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू(भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।


