काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले जलनको उपचार र रोकथाममा लाग्न निर्देशन दिएका छन् ।
मन्त्री बस्नेतले आइतबार संलग्न वीर अस्पताल, पाटन अस्पताल, कान्ति बाल अस्पताल, त्रिवि शिक्षण अस्पताल, किर्तिपुर बर्न अस्पताल र सुष्मा कोइराला मेमोरियल अस्पतालका प्रमुख र विज्ञहरुसँग जलन उपचारको वर्तमान अस्वस्था, चुनौति र अवको बाटो सन्दर्भमा छलफल गरेका थिए।
छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा।रोसन पोखरेल सहित मन्त्रालय अन्तरगत महासाखाका अधिकारी पनि सहभागी थिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा।रोसन पोखरेलले उपत्यकाका ६ वटै जलनको उपचार हुने अस्पतालहरुलाई समुन्वयात्मक रुपमा सेवा प्रवाहको व्यवस्था गर्ने गरि सम्पर्क व्यक्ति तोक्ने, ती अस्पतालहरुले उपत्यका बाहिरका संघिय र प्रादेशिक अस्पतालहरुलाई उपचारमा सहजिकरण गर्ने गरि अस्पताल तोक्ने र ती अस्पतालहरुको नेटवर्किङ गरि तोकिएका अस्पतालबाट जलनको उपचार एवं विशेषज्ञ जनशक्ति व्यवस्थापनमा सहजिकरण गर्ने गरि टेलिमेडिसिन सेवा मार्फत एकिकृत जलन उपचार व्यवस्थापन गर्न सबै मिलेर काम गर्नु पर्ने बताए।


