काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनमा कांग्रेस आफ्नै एजेण्डामा निर्वाचनमा होमिनुपर्ने बताएका छन्।
कांग्रेसको पार्टीको बनेपा नगरसमितिद्वारा आज आयोजित बृहत् सम्मान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्न नहुने आफ्नो धारणा रहेको स्पष्ट पारे ।
“पार्टीलाई निर्वाचनमा तालमेल नगर्ने मेरो सिद्धान्तमा ल्याउन प्रयास गर्छु नसके पार्टीको निर्णय मान्छु”, पूर्वमन्त्रीसमेत रहनुभएका थापाले भने। निर्वाचनमा अन्य दलसँग गठबन्धनबारे केन्द्रीय बैठकमा गम्भीर छलफल हुने र पार्टीकै निर्णयअनुसार अघि बढ्ने उनले बताए। नेपाली कांग्रेसमा पनि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा अहिलेकै सत्ता गठबन्धनसँग मिलेर चुवावमा जाने मनस्थितिमा देखिएका छन् भने संस्थापनइतर पक्षका नेता अरुसँग तालमेल गर्न नहुने बताउँदै आएका छन् ।