काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा केही आन्तरिक मतभेद भए पनि एकताबद्ध भएर अगाडि बढ्न –कार्यकर्तालाई निर्देशन दिएका छन् ।
बुधबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश तथा जिल्ला कमिटीका सचिवालय सदस्यहरूसँगको भर्चुअल सम्बोधनमा अध्यक्ष ओलीले संगठनलाई थप सक्रिय बनाउँदै आगामी स्थानीय निर्वाचनको तयारीमा जुट्न निर्देशन दिए। पार्टीभित्र एकअर्काका सामान्य असहमति र आलोचनालाई सहज रूपमा लिनुपर्ने उनको भनाइ छ।
‘शत्रुका लात सहने, तर आफ्ना साथीका बात नसहने काम अब बन्द गरौँ,’ अध्यक्ष ओलीले भने, ‘सानातिना असमझदारी छाडेर साझा सङ्कल्पका साथ एमाले एकजुट भई अघि बढ्नुपर्छ।’



