काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तृत शान्ति सम्झौतालाई नेपालको राजनीतिक इतिहासमा युगान्तकारी रूपान्तरण र राष्ट्रिय एकताको महत्वपूर्ण दस्तावेजका रूपमा व्याख्या गरेका छन् ।
तत्कालीन विद्रोही नेकपा माओवादी र सरकारबिच विस्तृत शान्ति सम्झौता भएको ऐतिहासिक दिनको उपलक्ष्यमा आज मंसिर ५ गते बिहान शुभकामना सन्देश जारी गर्दै दशवर्षे जनयुद्धका नेतृत्वकर्ता प्रचण्डले शान्ति सम्झौताका सबै प्रतिबद्धता अझै पूर्ण रूपमा कार्यान्वयन हुन नसकेकाले त्यो पूरा गर्नु सबै पक्षको जिम्मेवारी भएको उल्लेख गरेका हुन्।

