काठमाडौं । जनकपुरबाट काठमाडौं आउँदै गरेको माइक्रोबस सिन्धुलीमा दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन्।
प्रहरीका अनुसार दिउँसो करिब २ बजे जनकपुरबाट काठमाडौंतर्फ आउँदै गरेको म प्र ०४–००१ ज ०२४३ नम्बरको माइक्रोबस आफैँ अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल अँधेरी खोलाको बगरमा खसेको हो। दुर्घटनामा गाडीमा सवार सबै १४ जना घाइते भएका छन्।
घाइतेहरूलाई उद्धार गरी उपचारका लागि खुर्कोटस्थित शुभजीवन अस्पताल पठाइएको छ। घाइतेमध्ये ९ जनाको पहिचान खुलेको छ भने बाँकी ५ जनाको विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
घाइते यात्रुलाई उपचारका लािग खुर्कोटस्थित शुभजीवन अस्पताल भर्ना गरिएको छ।

