काठमाडौंं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारविरुद्ध आन्दोलनका लागि तयार रहन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।
बुधबार पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले सरकारले प्रतिशोध साँधेर आफू वा पार्टीका कार्यकर्तालाई पक्राउ गर्न खोजे देशभरबाट लाखौँ कार्यकर्ता सडकमा उतार्ने चेतावनी दिए।
उनले भने, ‘मेरो गिरफ्तारीको विरुद्धमा कार्यकर्ता सडकमा उत्रिने कुरालाई सरकारले वैरभावपूर्ण ढङ्गले हेर्यो, सयौँ कार्यकर्ता देशभरिको शरीरभरि नीलडाम छ। अहिलेसम्म कति जना ह्विलचियरमा छन्, कति जना वैशाखी टेकेर हिँडेका छन्। त्यसको जवाफ दिनुपर्छ कि पर्दैन ? किन प्रहार गरेको थियो ? ’

