काठमाडौं । । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले मुलुकको राष्ट्रिय स्वाभिमानमा आँच आउने कुनै पनि गतिविधि स्वीकार्य नहुने चेतावनी दिएका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका उनले आज भक्तपुरमा नेपाली कम्युनिस्ट पार्टी जिल्ला समितिले आयोजना गरेको राष्ट्रिय जागरण अभियान उद्घाटन कार्यक्रममा बोल्दै यस्तो धारणा राखेका हुन् । उनले राष्ट्रियता, देशभक्ति, राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा गर्नु अभियानको पहिलो उद्देश्य रहेको बताएका हुन् । कुनै पनि सरकारले राष्ट्रिय स्वाभिमानमा आँच पुग्ने काम गर्न खोजे त्यसलाई स्वीकार गर्न नसकिने उनले स्पष्ट पारे ।
जनतामा देशभक्तिको भावना जगाउने, देशप्रेम बढाउने र नेपाली हुनुको गौरवबोध गराउने उद्देश्यले राष्ट्रिय जागरण अभियान सञ्चालन गरिएको उनको भनाइ छ ।

