काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले जनताको अपेक्षा र विश्वासअनुसार सरकारले इमानदारी, पारदर्शिता तथा जवाफदेहिताका साथ काम गर्नुपर्ने बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सभामुख अर्याललेउनले सुशासन कायम गर्ने, भ्रष्टाचार अन्त्य गर्ने र जनभावनाअनुसार कानुन निर्माण गर्ने कार्यमा सबैको साझा प्रयास आवश्यक रहेको उल्लेख गरे।
जेनजी विद्रोहपछि नेपाली राजनीतिमा महत्त्वपूर्ण परिवर्तन आएको उल्लेख गर्दै उनले युवा नेतृत्वको अगुवाइमा राष्ट्रिय स्वतन्त्र पार्टी ठूलो जनमतसहित शासन सञ्चालनको जिम्मेवारीमा पुगेको बताए। राज्यसँग उपलब्ध साधन र स्रोत सीमित भए पनि तिनको पारदर्शी तथा प्रभावकारी परिचालन गर्न सके विकास र समृद्धिको यात्रालाई गति दिन सकिने उनको भनाइ छ।

