काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान ११ बजे बस्ने भएको हो।
आजको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा आवश्यक निर्णय गर्ने सम्भावना छ। प्रधानमन्त्री शाह यही मंसिर ६ गते भारत भ्रमणमा जाँदैछन्।

