काठमाडौं । अमेरिकी प्यासिफिक कमाण्डका कमाण्डिङ जनरल चाल्स ए फ्लाएन आज (विहीबार) नेपाल आउँदैछन् । उनी अमेरिकी सेनाको विशेष विमानमा नेपाल आउने उनी उच्च अमेरिकी सैनिक अधिकारी हुन् ।
नेपाली सेनाका प्रवक्ता सहायकरथी नारायण सिलवालले अमेरिकी जनरल चाल्र्सको सद्भावना भ्रमण हुन लागेको जानकारी दिए । ‘कुनै विशेष एजेन्डा होइन, सद्भावना भ्रमणमा अमेरिकी जनरल चाल्स आउन लाग्नुभएको छ । हामी विस्तृत कार्यक्रममा गृहकार्य गरिरहेका छौँ’ सिलवालले भने ।
जनरल चाल्सले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवासहित उच्च नेपाली अधिकारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।चाल्सले प्रधानसेनापति शर्मासँग औपचारिक भेटवार्ता गर्नेछन् । पाँच दिने बसाईका क्रममा उनी काठमाडौं बाहिर जाने कार्यक्रमबारे गृहकार्य भइरहेको छ । २८ गते शनिबार बिहान यी अमेरिकी पाहुना हेलिकप्टरबाट माउन्टेन फ्लाइटमा जानेछन्। माउन्टेन फ्लाइटपछि एभरेष्ट भ्यु होटलमा ब्रेकफास्टको कार्यक्रम तय भएको छ। त्यहाँबाट फर्किएपछि दूतावास र परराष्ट्र मन्त्रालयले तय गरेका कार्यक्रममा सहभागी हुनेछन्।
जेठ २९ गते आइतबार बिहान उनी काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति सैनिक तालिम केन्द्र जानेछन्। त्यहाँ तालिम केन्द्रबारे उनलाई ब्रिफिङ गरिनेछ। बिहानको खाना पनि त्यहीँ हुनेछ। बिहानको खानापछि सिधै उनलाई शिवपुरी लगिने प्रवक्ता शिलवालले जानकारी दिए।
नेपाली सेनाको कमाण्ड एण्ड स्टाफ कलेज शिवपुरीमा रहेका विद्यार्थीलाई सम्वोधन गर्ने छन्।
शिवपुरीको भ्रमणपछि २९ गते बेलुका नै उनी स्वदेश फर्किने छन्।