काठमाडौं । मंगलबारको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि त्यसबारेमा पार्टीको आधिकारिक धारणा बनाउन प्रमुख प्रतिपक्षी नेकपा .एमाले)ले ससंदीय दलको बैठक आह्वान गरेको छ ।
एमालेले आज दिउँसो ३ बजे दलको बैठक बोलाएको हो । बैठक नयाँबानेश्वरमा बस्दैछ । एमालेले आफ्नो माग पुरा नगरेको भन्दै निरन्तर रुपमा संसदमा अबरोध गर्दै आएको थियो ।
संसद अन्यका लागि सिफारिस गरेसँगै संसदमा दर्ता भएको प्रधानन्यायाधीशविरुद्धको महाअभियोग पनि त्यत्तिकै थन्किएको छ ।