काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड–माधव नेपालले पार्टी कब्जा गर्न नसकेर प्रतिक्रियावादीको पछि लागेको टिप्पणी गरेका छन् ।
उनले सोमबार प्रोग्रेसिभ इन्जिनियर्स एशोसियसनको महाधिवेशनलाई ललितपुरमा सम्बोधन गर्दै अध्यक्ष ओलीले तत्कालीन नेकपामा प्रचण्ड माधव समूहले सरकार र पार्टीविरुद्ध सकेजति बल लगाएको बताए ।
ओलीले भने, ‘उनीहरूले सकेसम्म गरे । बैठकबाट बाहिर निस्किएपछि सरकार र पार्टीविरुद्ध खैरो खन्ने । आन्दोलन समाप्त पार्न खोजे तर सफल हुन सकेनन् । त्यसपछि उनीहरूले पार्टी कब्जा गर्ने नियत लिए । कब्जा गर्न पनि असफल भएपछि प्रतिक्रियावादीको पछि लागेर दक्षिणपन्थी गठबन्धन बनाए ।’