काठमाडौं । तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज (आइतबार) स्वदेश फर्कदैछन् । उनी आज बिहान उत्तर प्रदेशमा रहेको प्रसिद्ध धार्मिकस्थल बनारस जाने र त्यसपछि प्रधानमन्त्री देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्ने कार्यक्रम तय भएको छ ।
भारत सरकारले विशेष विमानबाट देउवालाई बनारस लैजाने–ल्याउने व्यवस्था मिलाएको छ । उनले शनिबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री द्धिपक्षीय भेटवार्ता गनेका थिए भने नेपाल भारतबीच चार वटा सम्झौतापत्रमा हस्ताक्षर भएका थिए ।