काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा फेरि बृद्धि गरेको छ। सोमबार रातिबाट खाना पकाउने ग्यासको भाउ एक हजार ६ सय पुगेको छ भने पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँले बढेको छ ।
अब काठमाडौं उपत्यकामा पेट्रोलको प्रतिलिटर १६० रुपैयाँ पर्नेछ भने प्रतिलिटर १४३ रुपैयाँ पुगेको छ।
त्यस्तै हवाइ इन्धनको मूल्य आन्तरिकमा ५ रुपैयाँ बढाएर प्रतिलिटर १५६ रुपैयाँ पुगेको छ भने अन्तर्राष्ट्रिय रुपमा ५० डलर बढाएर प्रतिकिलोलिटर एक हजार ४४५ अमेरिकी डलर बनाएको छ। इन्धनको भाउ निरन्तर बढ्दै जाँदा सर्वसाधारण र कम आय भएकाहरु थप मारेमा पर्ने भएको छन् ।