काठमाडौं । आज कोशी प्रदेशका मुख्यमन्त्री थापाले विश्वासको मत लिदैछन् ।
तत्कालीन सभामुखलाई राजिनामा दिलाएर पुनः मुख्यमन्त्री नियुक्त भएका थापाले आज विश्वासको मत लिन लागेका छन् ।
तर, विश्वासको मत लिने बैठकमा सभामुख रिक्त भए पछि सो बैठकको अध्यक्षता उपसभामुख सिर्जना दनुवारले गर्ने भनिए पनि अन्यौल बढेको सत्तारूढ दलका नेताहरूले बताउँदै आएका छन् । उपसभामुख दनुवारले सभाको अध्यक्षता नगर्दा विश्वासको मत लिने विषय अन्योलमा पर्न सक्ने सत्ता गठबन्धनको आँकलन छ ।
बैठक अघि नै नेकपा एमाले र राप्रपाका ८ जना सांसदले ‘बिरामी’ भन्दै बिदा लिए पछि थापाको सरकार थप सङ्कटमा परेको छ । मुख्यमन्त्री थापाले १३ गतेसम्म विश्वासको मत नपाएमा स्वतः पदमुक्त हुनेछन् ।


