काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहंकारी र विभिन्न षड्यन्त्रकारी शक्तिहरूले आफ्नो दलमाथि अनावश्यक भ्रम फैलाएको बताएका छन्।
उनले विहीबार कर्णाली प्रदेशका १० जिल्लामा आफ्नो पार्टीबाट विजयी भएका जनप्रतिनिधिलाई सुर्खेतमा बधाई तथा प्रशिक्षण दिँदै यस्तो बताएका हुन्।
अध्यक्ष नेपालले अहिलेको अवस्थामा कसैले चाहेर पनि अहिलेको सत्ता गठबन्धन टुटाउन नसक्नेसमेत प्रष्ट पारे।
उनले आफू कुनै प्रकारको प्रलोभन तथा लालचमा नपर्ने पनि प्रष्ट पारेका छन्। अहंकारी र षडयन्त्रकारीहरुले विभिन्न खालका भ्रम फैलाइरहेको आरोप लगाउँदै उनले आफूलाई कुनै पदको लोभ, लालच नभएको पनि सुनाए।
अध्यक्ष नेपालले आगामी आर्थिक वर्षको बजेट चुनावमुखी नभएको पनि बताए।