काठमाडौं । बुधबार रातिबाट सन् २०२५ का लागि अमेरिकी सरकारको डाइभर्सिटी भिसा (डीभी) खुलेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली समय अनुसार बुधबार राती ९ बजेर ४५ मिनेटपछि आवेदन खुला भएको जानकारी दिएको हो ।
यो कात्तिक २१ गते नेपाली समय अनुसार १०ः४५ बजे बन्द हुनेछ । अमेरिकाले हरेक वर्ष डीभी भरेकाहरुलाई चिठ्ठामार्फत अमेरिका लैजाने गरेको छ । डीभी परेर अमेरिका जानेहरुले उतैको ग्रीनकार्ड पाउने गर्छन् ।


