काठमाडौं । भारतको ओडिसा राज्यमा शुक्रबार राती भएको रेल दुर्घटनामा परेर हालसम्म २८८ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।
अर्कोतिरबाट आउँदै गरेको यशवंतपुर–हावडा सुपरफास्ट रेल पनि ठोक्किएको थियो। ओडिसाको बालासोर नजिक भएको रेल दुर्घटनामा परेर ९ सय बढी घाइते भएको त्यहाँस्थित स्थानीय प्रशासनले बताएको छ।
शुक्रबार राती भएको रेल दुर्घटनामा परेका घाइतेको उद्धारका लागि २ सय बढी एम्बुलेन्स परिचालन गरिएको ओडिसाका प्रमुख सचिव प्रदीप जेनाले बताए।
ओडिसाको यो दुर्घटना भारतमा भएका प्रमुख रेल दुर्घटनामध्येको भयंकर भएको भारतीय सञ्चार माध्यममा जनाइएको छ।
भारतका रेलमन्त्री अश्विनी वैष्णव रेल दुर्घटनास्थल पुगेका छन्। उनले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका आफन्तलाई १० लाख भारु क्षतिपूर्ति दिइने घोषणा गरेका छन्।


