काठमाडौं । एनएमबी बैंक लिमिटेडले ‘नेपाल फिनटेक एक्सपो २०२६’ को अवसरमा र्याडिड टेक प्रालिसँग डिजिटल बैंकिङ सेवा विस्तारका लागि सहकार्य गरेको छ।
व्यावसायिक संस्थानहरूले प्रयोग गर्दै आएका दैनिक सफ्टवेयर तथा डिजिटल प्रणालीहरूबाट सोझै बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यका साथ बैंकले उक्त सम्झौता गरेको हो ।
यस सहकार्यपश्चात् एनएमबि बैंकका व्यावसायिक तथा कर्पोरेट ग्राहकहरूले चाँडै नै आफ्नो बैंकिङ्ग प्रणाली भित्रै रही रकम भुक्तानी, हिसाब मिलान र बैंकिङ्ग कारोबारहरू तुरुन्तै गर्न सक्नेछन्।
त्यसैगरी, साना तथा मझौला ग्राहकहरूले पनि व्यापारिक केन्द्रहरू तथा विभिन्न डिजिटल प्लेटफर्महरूमा अझ छिटो, सुरक्षित र सहज रूपमा बैंकिङ्ग सेवाहरू प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
