काठमाडौं । अध्यागमन विभागले व्यावसायिक भिसा लिएर उद्देश्यविपरीत काममा संलग्न भएको पाइएपछि एकैपटक ८८ जना चिनियाँ नागरिकको भिसा रद्द गरेको छ।
स्रोतका अनुसार सिन्धुलीको मरिण गाउँपालिका(४, साहानस्थित जियान फुड्स प्रालिमा कार्यरत उनीहरूले अन्य कम्पनीको नाममा व्यावसायिक भिसा लिई काम गरेको पाइएको हो।
चीनमा प्रशोधित भैँसीको मासु निर्यात गर्ने परियोजनाअन्तर्गत निर्माणाधीन उक्त उद्योगमा चीनको छेङ्दु तियान फुड लिमिटेडको आर्थिक साझेदारी रहेको छ।


